एमालेले देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ ।  नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ । गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको हकमा संयुक्त रूपमा मोटरसाइकल र्‍याली निकाल्ने एमालेले जनाएको छ । बेलुका चार बजे तीनकुनेमा जम्मा भएर र्‍याली निकाल्ने तयारी गरेको एमाले नेताहरूको भनाइ छ । ‘प्रतिगमनको दुष्प्रयासलाई नाकाम बनाऔँ । लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ’, महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सोमबार बिहानै आह्वान गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर