सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको हो । सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आइतबार २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २ हजार ३५ रुपैयाँ कायम भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर