आँगनमा खेलिरहेका बालकको चितुवाको आक्रमणबाट मृत्यु

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । आइतबार साँझ चितुवाको आक्रमणमा परी ८ वर्षीय विजय रावतको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार विजय रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो। घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ । प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर