रवि आजदेखि पार्टी जिम्मेवारीमा फर्कदै, केन्द्रीय समितिको वैठक बस्दै

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँच महिनापछि आज देखि पार्टी जिम्मेवारीमा फर्कदै छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए ।

उनले उपसभापति डोलप्रसाद अर्याल डिपीलाई कार्यवाहक सभापति तोकेका थिए । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर