मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति भएको मतदानको राति नै गणना गरिएको थियो । गिरी ३३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए भने रावल उपाध्यक्ष थिए ।
सेन्टरको वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३९७ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप बर्देवाले १११ मत पाएका छन् ।
महासचिवमा मनोज घर्तीमगर निर्वाचित भएका छन् । उनले ३७९ मत ल्याउँदा दीपेन्द्र शर्माले १४५ मत पाएका छन् । केही पदाधिकारी र केही सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।