पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश

  चैत १७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १८ । सर्वोच्च अदालतले ताप्लेजुङको मुकुम्लुङ पाथीभरामा केबलकार निर्माणलगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन आदेश दिएको हो । रिटमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

न्यायाधीश सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ । निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्न उपयुक्त हुने भन्दै न्यायाधीश सुवेदीको इजलासले २६ चैतमा दुवै पक्षलाई झिकाएको हो ।

यामबहादुर लिम्बुलगायतले पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै निर्माणको निर्णय र त्यससँग सम्बन्धित सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर