युुवामा आशा जगाउने र ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७।  सत्तारुढ दलले अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा राखेको सत्ता गठबन्धन दलको बैठकले अर्थतन्त्र अझै पनि शिथिल अवस्थामा रहेको र युवाहरु रोजगारीका लागि विदेश जाने क्रम अझै बढेकाले ‘ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले युवा पुस्तालाई आशा जगाउन उद्यमशीलता, सीप विकास, स्टार्ट अप, व्यावसायिक विकास र बजार विस्तारको एकीकृत योजनासहितको कार्यक्रम ल्याउन सुझाव दिइएको जानकारी दिए । ‘अनावश्यक संरचना र फजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न पनि सुझाव दिइएको छ,’ उनले भने, ‘बसाइँसराइलाई व्यवस्थित गर्न पहाड केन्द्रित कृषि र पशु विकासका कार्यक्रम अघि बढाउने गरी ‘मेजर ब्रेक थ्रु’ गर्न त्यहीरुपमा बजेट ल्याउनुपर्ने धेरै नेताहरुको सुझाव छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर