शिक्षक आन्दोलन रोक्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र ढकालको इजलासमा

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७। शिक्षकलाई काममा फर्काउन माग गर्दै दायर रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ। शिक्षक आन्दोलनका माग सम्बोधन गर्दै शिक्षकलाई विद्यालय फर्काउन माग गर्दै अधिवक्ता श्रवणकुमार चौधरीसहितले वैशाख १० मा दायर गरेको रिटमा न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरिदिएको थियो ।

सुवेदीको इजलासले प्रारम्भिक सुनवाइ अन्तरिम आदेशसँगै चार बुँदे निर्देशन दिएको थियो । शिक्षकहरूलाई तीन दिनभित्र काममा फर्कने वातावरण निर्माण गरी चौथो दिन प्रगतिविविरण पेस गर्न शिक्षा मन्त्रालयका नाममा आदेश जारी भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर