शिक्षक महासंघको ९ बुँदे प्रस्ताव, आज सहमतिमा पुग्ने

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७। काठमाडौंमा २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ। मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति बिनै टुंगिएको हो ।

शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ । ‘हामी सहमतिको नजिक पुगेका छौ । भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौं । वार्ता भोलि टुंगो लाग्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर