जनमत र नाउपाबीच आज एकता घोषणा हुँदै, बन्दै ‘नाजपा’

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १७।   डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ। दुवै पार्टी एकताका लागि करिब दुई वर्षदेखि प्रयासरत थिए। दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। यसअघि दुई पार्टीबीचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीबीच एकता हुने निश्चित भएको हो।

तपाईंको प्रतिक्रिया

थप खबर