मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १७। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधामन्त्रीले बैठक बोलाएको एमाले प्रमुख सचेत महेश बर्तौलाले जानकारी दिए ।
सदन सञ्चालनका बारेमा आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा बर्तौलाले यसबारे जानकारी दिएका हुन् । सभामुखसँग प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ । बैठकमा एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने जानकारी गराए ।