माओवादी संसदीय दलको बैठक बस्दै

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ , माघ १७ ।   प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा मुख्य गरी शुक्रवारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ । माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर