आज छिनोफानो नभए शिक्षक महासंघले आन्दोलन थप चर्काउने 

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १६। नेपाल शिक्षक महासंघले हालसम्म वार्तामा आफूहरूको मागप्रति सरकारसँग सकारात्मक नबनेको जनाएको छ। महासंघले आज सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरुको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा आफूहरु रहेको जनाएको छ ।

सोही अनुसार आन्दोलनलाई थप सशक्त बनाएर माग सम्बोधनका लागि दबाब दिनेगरी निर्णय भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बताए । महासंघको आज बसेको बैठकले हिजो राति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ । आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने शिक्षकहरु बताउँछन् । शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति जुटेर मस्यौदा तयार गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर