मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १६ । काठमाडौंको तीनकुने शुक्रबार हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईं अझै फरार छन् । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गए राति नै पक्राउ गरे पनि प्रदर्शनका ‘जनकमाण्डर’ प्रसाईं भने फरार छन् ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको खोजी गरिरहेको छ । यद्यपि उनी नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् । शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँलाझै गरी प्रसाईंले गाडी हुइँकाएपछि प्रदर्शनकारीहरू उग्र बनेका थिए ।