आईपीएल क्रिकेटमा आज गुजरात र मुम्बई खेल्दै

  चैत १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १६ ।  भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बेलुकी पौने ८ बजेदेखि खेल सुरु हुनेछ । गुजरातको कप्तानमा शुभमन गिल छन् भने मुम्बईका नियमित कप्तान हार्दिक पान्ड्या पहिलो खेलमा प्रतिबन्धपछि आज फर्किँदै छन् ।

दुवै टोली पहिलो खेलमा पराजित भएर दोस्रो खेलमा आइपुगेका छन् । गुजरात घरेलु मैदानमा पञ्जाब किङ्ससँग पराजित भएको थियो भने मुम्बई चेन्नई सुपर किङ्ससँग पराजित भएको थियो । हालसम्म भएका ५ खेलमा गुजरातले ३ खेल जितेको छ भने मुम्बईले २ खेल जितेको छ । यस मैदानमा भएका ३ वटै खेल गुजरातले जितेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर