रवीन्द्र मिश्र र धवल शमशेरसहित पाँचजना पक्राउ, दुर्गा प्रसाईंको खोजी जारी

  चैत १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १६ ।  काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रहरीले राप्रपाका नेताहरूलाई पक्राउ गर्न सुरु गरेको छ । त्यसक्रममा प्रहरीले शुक्रबार राति रवीन्द्र मिश्र, धवल शमशेर राणासहित पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार पक्राउपर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक व्यक्ति रहेका छन् ।
प्रहरीले राजावादीका कमान्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी राखेको छ । उनी हालसम्म सम्पर्कविहीन छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर