यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  चैत १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १६ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४६ रुपियाँ ९९ पैसा र बिक्रीदर १४७ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपियाँ ४२ पैसा र बिक्रीदर १७७ रुपियाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ८६ पैसा र बिक्रीदर ८६ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ २४ पैसा र बिक्रीदर ९५ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६६ पैसा र बिक्रीदर १०२ रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ०५ पैसा र बिक्रीदर नौ रुपियाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०१ पैसा र बिक्रीदर चार रुपियाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७५ पैसा र बिक्रीदर ३० रुपियाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ५७ पैसा र बिक्रीदर १३ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ७० पैसा र बिक्रीदर १९ रुपियाँ ७९ पैसा तोकिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर