माघ २४ गते समाजवादी मोर्चाले काठमाडौँमा वृहत् आमसभा गर्ने

  माघ १६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १६ ।   विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर