मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १५। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो । नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।
आइतबार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७०० पुगेको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।