मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १५। तिव्र विवादपछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले निकाश पाउने भएको छ । स्रोतका अनुसार तिव्र ताकेता र चौतर्फी दबाबपछि कायममुकायम (कामु) गभर्नर डा. नीलम ढुंगाना कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्ने ‘मुड’मा पुगेकी छिन् ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते सकिएपछि यो पद रिक्त छ । पद रित्त भए लगत्तै २५ चैत २०८१ मा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका थिए । कामु डा. ढुंगाना पनि गभर्नरको दाबेदार हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. भट्टलाई गभर्नर बनाउने सहमति भएको छ । यो सहमति पछि देउवा निकट डा. भट्टले ५ वैसाखमा राजिनामा दिएका थिए ।