प्रतिनिधिसभा बैठक बस्दै, कुलमानका बिषयमा चित्तबुझ्दो जवाफ दिन प्रतिपक्षको अडान कायम रहने

  चैत १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १४ ।  प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा छ ।

आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने भएको छ । साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन ब्यावसायी परिषद दोस्रो संशोधन बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोगको ६५ औं बार्षिक प्रतिबेदन पेश गर्नेछन् ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण बिधेयक, २०८१ र नेपाल नागरिक उड्ड्यन प्राधिकरण बिधेयक, २०८१ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर