मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  फागुन १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, फागुन १५ । हाल देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानमा हुस्सु कुहिरो पनि लागेको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ । त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि जानकारी दिएको छ । बिहीबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा राति मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर