मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ । नेपाल प्रहरीका तत्कालीन इन्स्पेक्टर प्रहरी निरीक्षक लोकबहादुर विष्ट नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर हुने फैसला गरेको हो ।
०५५ साल भदौ १ गते असई प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका विष्ट सोही प्रमाणपत्रका आधारमा इन्स्पेक्टरसम्म भएका थिए । विष्टले ‘बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसन यूपी’ बाट जारी हाई स्कुल परीक्षाको शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।