मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका अभियुक्त बेचन झाको मुद्दामा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ । याधीशद्धय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा अदालतले अन्य आदेश जारी गर्दै मुद्दाको फाइल मगाउने आदेश गरेको हो । झालाई भारतबाट पक्राउ गरी ल्याएको थियो ।
जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध झा सुरुमा उच्च अदालत पाटन पुगे । पाटनले पनि जिल्लाकै सदर गरेपछि उनी माघ २ गते सर्वोच्च अदालत पुगेका थिए । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । अहिले उनी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् ।