चैतमा संघीय परिषद भेला गर्ने जसपाको निर्णय

  माघ १३, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ १३ ।   अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद भेला आउँदो चैतमा गर्ने भएको छ । भेला काठमाडौंमा हुनेछ । वीरगञ्जमा आइतबार भएको केन्द्रीय समिति बैठकले चैतमा संघीय परिषद भेला गर्ने निर्णय गरेको महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

‘संघीय परिषद्को भेला चैत महिनामा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव पारित भयो,’ उनले भने । बैठकले अध्यक्ष राईको राजनीतिक प्रतिवेदन पारित गरेको छ । जिल्ला र प्रदेश कमिटीहरूलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदनसमेत पारित गरेको महासचिव राईको भनाइ छ । संघीय परिषद् भेला आयोजना हुनुभन्दा अघि बाँकी जिल्ला र प्रदेश कमिटी गठन गर्ने उनले बताए । केन्द्रीय समिति बैठकमा मधेसकेन्द्रित दलहरू एक भएर अघि बढ्ने विषयमा पनि छलफल भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर