राष्ट्रिय हितका विषयमा राष्ट्रिय एकता अनिवार्य : प्रधानमन्त्री ओली

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १२।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १० औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्ने उल्लेख गरे।

भूकम्प लगाएत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए। उनले ७२ सालको भूकम्पपछि उद्दार कार्यमा, राहत कार्यका साथै पुर्ननिर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रंसशनीय रहेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले बिनासकारी भूकम्प गएका बेला राष्ट्रिय एकता कायम भएको स्मरण गरे। उनले राष्ट्रिय र राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य रहेको जनाए।

तपाईंको प्रतिक्रिया

थप खबर