सन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन सभामुखको अपिल

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १२। सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन अपिल गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा संसदमा संक्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए।

संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने उल्लेख गरे।

उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानून निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे। संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ।

तपाईंको प्रतिक्रिया

थप खबर