सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि तोडियो ठेक्का

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १२। पोखरा महानगरपालिका–४ र ५ जोड्नेगरी फिर्केखोलामा निर्माण गर्न गरिएको पुलको ठेक्का सम्झौता तोडिएको छ । सडक डिभिजन कार्यालय पोखराले सो पुल निर्माणका लागि विसं २०७५ असोजमा ठेक्का सम्झौता गरेकामा निर्माण कम्पनीले काम सम्पन्न नगरेको र काम गर्ने अग्रसरता समेत नदेखाएपछि कार्यालयले ठेक्का सम्झौता तोडेको हो ।

पुल निर्माणको ठेक्का पाएको शान्ति–आरोग्य जेभी सानेपा ललितपुरले पटक पटक म्याद थपे पनि काम नगरेका कारण ठेक्का सम्झौता अन्त्य गर्नुपरेको सडक डिभिजन कार्यालय पोखराका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर नवराज बाँस्तोलाले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर