मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १२। सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएको टिप्पणी गरेका छन् ।
हिजो सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय सञ्चालन गर्नु भनि दिएको आदेश सरकारलाई दिएको भए पनि यसका पात्र शिक्षकहरू नै भएको पोखरेलको भनाइ छ । ‘उक्त आदेशपछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ, उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो, सबै पक्ष जिम्मेवार बनौँ’, उनले भने ।
कतिपय शिक्षक नेताले आदेश सरकारका लागि हो भनेर तर्क गरिरहेको बताउँदै उनले आदेश सरकारलाई भएको स्पष्ट पारेका हुन् । तर चिन्ता भने विद्यालय बन्द भएको कुराप्रति र परीक्षा रोकिएको कुराप्रति भएको उनको धारणा छ । जुन काम शिक्षकहरूको कारण भएको छ ।