मिडियाबाजी डटकम काठमाडौँ, फागुन १३ । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन् । खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
केपी ओली मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ । हिजो भएको दुई खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।
हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।