मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ११। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७५ सयले घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको छ।
बुधबारको तुलनामा बिहीबार सुन मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।
बुधबार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।