नेपालमा अमेरिकाको सहयोग परियोजना एमसीसी पूर्ण रुपमा बन्द

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ११।  अमेरिकाले नेपाललाई सहयोगस्वरुप दिने भनेको ५० करोड डलर बराबरको मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) परियोजना रद्द हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि एमसीसी परियोजना पूर्ण रुपमा बन्द हुने भएको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार बुधबार एमसीसीका कर्मचारीहरुको बैठकमा एक कार्यकारी अधिकारप्राप्त कर्मचारीले परियोजना ‘व्यवस्थित रुपमा बन्द’ हुन लागेको बताएका थिए । एलन मस्कको सरकारी दक्षता विमागले एमसीसीमा ‘महत्वपूर्ण कटौती’ गर्न लागेको एक पत्रमार्फत जानकारी दिएपछि यो बैठक भएको थियो । एएफपीले यो पत्र आफूले देखेको बताएको छ ।

एमसीसी परियोजना बन्द भएसँगै नेपालमा अमेरिकी सहयोगमा संचालन हुन लागेका ५० करोड डलर बराबरका परियोजना रोकिनेछन् । एमसीसीले भोलि शुक्रबार एमसीसी साझेदार देशहरुलाई परियोजना ४० दिनभित्र बन्द गरिने जानकारी दिनेछ । यसअघि एलन मस्कको टिमसँग छलफलपछि नेपाल, आइभोरी कोस्ट, मंगोलिया र सेनेगलमा एमसीसी परियोजनालाई निरन्तरता दिन अनुमति दिइएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर