मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ११ । पाँचरथर र पर्वतमा दुई किशोरीमाथि बलात्कार भएको छ । पाँचथरको हिलिहाङकी १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका ४ घर भएका २६ वर्षीय दोर्ण रसाईली पक्राउ परेका छन् ।
उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले ती किशोरीलाई फिदिम नगरपालिका २ रमिते डाँडास्थित रमिते होटलमा लगेर जबर्जस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । त्यसैगरि पर्वतको जलजलाकी १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका ९ बनौ घर भई कुश्मा नगरपालिका(६ राम मन्दिर चोक डेरा गरी बस्ने १९ वर्षीय विजय फगामी मगर रहेका प्रहरीले जनाएको छ ।
मगरले ती बालिकालाई गत मंसिर ३ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। मगरमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।