दशरथ रंगशालामा मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै

  माघ ११, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ११ ।  मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन । खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । हिजोबाट सुरु भएको उद्घाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर