मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १०। काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई १०-१० लाख रूपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
राजावादी समूहले गरेको उक्त प्रदर्शनमा महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने रजकको प्रदर्शनकारीले लगाएको आगोमा परेर मृत्यु भएको थियो । उनका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ ।