शेयर बजारमा पहिरो, ५३ अङ्कले घट्दा ६ अर्ब बढीको कारोबार

  चैत ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १० ।  नेपाल स्टक एक्सचेन्ज उच्च अङ्कले घटेको छ ।
साताको पहिलो कारोबारका दिन आइतबार नेप्से ५३.०४ अङ्कले घटेर २६१६.२६ को विन्दुमा बन्द भएको हो । यस दिन बजारमा १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

लगातारको पाँच कारोबारका दिन दोहोरो अङ्कले घटेको शेयर बजारमा आज पनि दोहोरो अङ्कको गिरावट आएको हो । आइतबार मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरू सर्वाधिक घाटामा रहेका छन् । आज यस लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ४२ करोड ६ लाख ३४ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । आइतबार बजार पुँजीकरण ४३ खर्ब ४१ अर्ब रुपैयाँ बढी रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर