अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९।  प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गर्नेलाई अपराधीले अहिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज (मंगलबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अपराधीले राम्रो काम गर्नेलाई घेराबन्दी गरिरहेका छन् । विरोधीहरुले संगठित गर्छन् । हाम्रै साथीहरुलाई पनि कतै त्यसै विरोध भएको त होइन होला नि भन्ने परेको छ । त्यो भ्रममा हाम्रै केही साथीहरु सामेल भएको पाइएको छ । विभिन्न प्रकारका वैदेशिक शक्तिहरुले हाम्रो पार्टीलाई समर्थन गरेका छैनन् । त्यसैबेला हाम्रो नेतृत्वले गलत त गरेन भन्ने परेको छ । आलोचनाको तारो भइरहेको छ । आलोचनाको तारो नहुने नेता खोज्नु पर्छ कि ! भन्ने परेको छ’, प्रधानमन्त्री ओलीले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर