मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पटक–पटक धोका दिएको भन्दै शिक्षकहरूलाई आन्दोलन नरोक्न अपील गरेका हुन् ।
‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु । तपाईहरुले पटक–पटक आन्दोलन गर्नु भएको छ । पटक–पटक धोका भएको छ । यस पटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ,’ उनले भने ।