दाउन्नेमा सुक्खा पहिरो, सडक पूर्णरूपमा बन्द

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९।  पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेमा सुक्खा पहिरो खसेको छ । आज (मंगलबार) बिहान दाउन्नेमा सुक्खा पहिरो खसेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपालले जानकारी दिए ।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो खसेको हो । नेपालले भने, ‘विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो खसेको छ । सडकको माथिबाट पनि पहिरो आएको छ भने सडकको तल्लो भाग पनि खसेको छ । उक्त ठाउँमा सवारी साधनहरु एकतर्फी मात्र चलेको थियो । अहिले पहिरो गएपछि पूर्ण रुपमा बन्द भएको छ ।’ अहिले पहिरो हटाउने क्रम जारी रहेको उनले जानकारी दिएका छन् । आज दिनभरिमा पहिरो हटाइसक्ने उनको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

थप खबर