आईपीएल आजदेखि सुरु, अढाई महिनासम्म चल्ने, कोलकाता र बैंगलुरू भिड्दै

  चैत ०८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ९ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) आजबाट शुरू हुँदैछ । १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ ।
उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) बीच भिडन्त हुनेछ । खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे शुरू हुनेछ । बलिउडका किंग खान शाहरूख खानको कोलकाता र घरेलु मैदानमा आफ्नो भारी समर्थकबीच विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन् । यस पटक आईपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ । यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर