निजामती विधेयकमाथिको छलफल सहमति नजिक

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ८।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै नौ महिनादेखि छलफलमा रहेको संघीय निजामती विधेयक अन्तिम चरणमा पुगेको छ । समिति सभापति रामहरि खतिवडाका अनुसार प्रस्तावित विधेयकमा कर्मचारीको उमेर हद, कुलिङ पिरियड, अतिरिक्त सचिव तथा प्रदेश र स्थानीय तहमा १० वर्षसम्म संघले सचिव र कार्यकारी खटाउनेलगायतका विषय निष्कर्ष नजिक पुगेको छ ।

संघीय निजामती विधेयकमा कुलिङ पिरियडको बहस चलिरहेको बेला संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सरकारी कर्मचारीमात्र नभएर राजनीतिक व्यक्तिदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेका व्यक्तिको हकमा समेत कुलिङ पिरियडको प्रस्ताव गरिएको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर