पक्राउपछि राप्रपा अध्यक्ष लिङदेनले भने–हामी सबै थुनिन तयार छौं

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ७ । प्रहरीले पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरू सबै थुनिन तयार रहेको बताएका छन्। दलको कार्यालयबाट निस्किँदै सरकारविरुद्ध विरोध प्रदर्शन गर्न थालेपछि लिङ्देनसहितका सांसदहरूलाई प्रहरीले गिरफतार गरी गाडीमा हालेको थियो । उनले भने, ‘निरंकुश सरकारले गर्ने काम यही हो । यसमा अचम्म मानेका छैनौं । हामी सबै थुनिन तयार छौं ।’

प्रहरीले लिङदेनसहितका राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद दीपक सिंहलगायतलाई प्रक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारी केपी ओली सरकार मुर्दावाद’ भन्दै नारा लगाएका थिए। अध्यक्ष लिङ्देनले सरकारले अधिकार खुम्च्याउँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको बताएका छन्

तपाईंको प्रतिक्रिया

थप खबर