मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ७ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधरहरूले ‘राजसंस्था पुन: स्थापनाका लागि गठन गरेको संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीसँग भेट नभएको वर्षौ भएको बताएको दाबी सहितका समाचारहरु सार्वजनिक भएका छन् । गत ४ चैत मा सुवेदी संयोजकत्वमा ‘राजसंस्था पुनः स्थापना समिति संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको थियो ।
सुवेदी नेतृत्वको समितिको सदस्य सचिव राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिको संयोजक महामन्त्री धवल शमशेर राणा छन् । सदस्यहरूमा पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशर बहादुर बिष्ट र रमा सिंह रहेको विज्ञप्ति मार्फत जानकारी दिइएको थियो ।