बसले किच्दा महिलाको मृत्यु

  चैत ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ ।  नुवाकोटको छापडाँडाँमा बसले किच्दा महिलाको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका १, छापडाँडाँमा बसले किचेर सोही ठाउँकी ३७ वर्षीया मञ्जु तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौंबाट नुवाकोटको बट्टार हुँदै लर्केपतर्फ जाँदै गरेको बा २ ख ६८०४ नम्बरको यात्रु बसले उनलाई किचेको छ। आफन्तको घेवामा गएर घर फर्कँदै गर्दा तारकेश्वर ५ निग्लेनीबाट श्रीमान श्रीमती उक्त बसमा चढेका र ओर्लने क्रममा बसले किचेको प्रहरी निरीक्षक श्रीकृष्ण बानियाँले बताए । बसबाट ओर्लेर सहचालकलाई भाडा तिरिरहेका श्रीमानलाई कुर्ने क्रममा मन्जुलाई बसको टायरले किचेको प्रहरीले जनाएको छ। तामाङको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर