सेयर बजार निरन्तर घट्दै, ४ अर्बमा खुम्चियो कारोबार

  चैत ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार पनि दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.३८ अंकले घटेर २६ सय ६९ दशमलव ७६ विन्दुमा झरेको छ । नेप्से परिसूचक सँगै आज कारोबार रकमा पनि गिरावट आएको छ । आज ३१२ कम्पनीको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार ३११ कम्पनीको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको थियो ।
यसदिन ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ मम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर छ । आज जिवन बीमा समुहका उपसूचक बाहेक सबै समुह राताम्य बनेका छन् । यसदिन सबैभन्दा बढी फाइनान्स समुह १.३५ प्रतिशतले घटेको छ ।

यसदिन मिथिला लघुवित्त वित्तिय संस्था र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १०,१० प्रतिशतले बढेको छ भने दोल्ती पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.५३ प्रतिशतले बढेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर