तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी छैन : प्रधानमन्त्री ओली

  ११ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको बताएका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

राप्रपा सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अहिले तत्काल योजना नबनेको बताउँदै पछि जान सकिने बताएका छन् । प्रधानमन्त्री ओलीले सांसद तामाङलाई प्रतिप्रश्न गर्दै भने, ‘माननीय ज्यूको योजना बनेको छ कि के हो ? योजना बनेको भए राम्रो कुरा हो ।’

तपाईंको प्रतिक्रिया

थप खबर