संविधान मिच्ने पूर्वराजालाई कारबाही गर्नुपर्छ : सांसद खतिवडा

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान विपरीत काम गरेकाले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै खतिवडाले पूर्वराजा ज्ञानेन्द्रले आफूलाई श्री ५ महाराजाधिराज भनेको र शाही निशाना समेत प्रयोग गरेकोले ज्ञानेन्द्रलाई कारबाहीको दायरमा ल्याउनु पर्ने माग गरे ।

श्री ५ र शाही निसाना २०६५ सालमा नै हटेकोले त्यसको प्रयोग गैरकानुनी भएको उनले स्पष्ट पारे । नेपालको संविधानमा काहीँ पनि श्री ५ महाराजाधिराज भन्ने उल्लेख छैन, त्यसैले श्री ५ महाराजाधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्ने प्रति घोर आपत्ति छ, सरकारले त्यस्ता कार्य नगर्न र संविधान नमिच्न आग्रह गरोस् भन्ने चाहन्छु’, उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर