सल्यानमा दुई घर जलेर नष्ट, दर्जन बढी चौपाया मरे

  चैत ०६, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ७ ।  बुधबार राति आगलागीबाट सल्यानमा दुईवटा घरगोठ जलेर नष्ठट भएका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिका–२ खैरीगाँडाका ४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकको घरगोठ आगलागीबाट जलेर नष्ट भएको हो ।

आगालगीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडा जलेका छन् । केशलाल ओलीको गोठमा रहेका एक गोरु, ११ खसीबाख्रा, दुई दर्जन बढी खुकुरा जलेर बरेका छन् । आगलागीपछि परिवारले भने भागेर ज्यान जोगाएका छन् । आगलागीबाट केशलालको तीन लाख र प्रमेको साढे तीन लाख गरी अनुमानित ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्लला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए ।

यस्तै प्रेम विकको घरभित्र रहेको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाँडाकुडा जलेर नष्ट भएको प्रहरी निरीक्षक खत्रीले बताए । गोठमा लागेको आगो घरसम्म पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर