मिडियाबाजी डटकम काठमाडौँ, फागुन ८ । नेपाली बजारमा सुनको भाउ लगातार वृद्धि भइरहेको छ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ सयले बढेर तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो मूल्य यसअघि कात्तिक १५ गते बनेको सुनको मूल्यको रेकर्डसँग बराबरी हो। यस्तै आव चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुन प्रतितोला ७०० रुपैयाँ बढेको थियो भने बुधबार झन् धेरै बढेर १ हजार १ सय रुपैयाँ बढेको थियो। आज यसमा ५ सय थपिएको हो । यसैगरी बुधबार १ हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल रु १ हजार ९९५ कायम भएको छ ।