मिडियाबाजी डटकम काठमाडौँ , माघ ७ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आउँदो माघ १५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गर्नेछ । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो । त्यसको १० प्रतिशतले हुन आउने २ लाख २५ हजार कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन माघ २९ गतेसम्म दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।